Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कम्युनिस्ट क्रान्तिमा लाग्यो दाग

कम्युनिस्ट क्रान्तिमा लाग्यो दाग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७७ मंगलवार • ११:४७:०९ बजे
  • 2.5K
    SHARES
  • कम्युनिस्ट क्रान्तिमा लाग्यो दाग

    उमेश बिष्ट (उज्ज्वल) - वास्तवमा  कम्युनिस्ट  भन्ने बितिकै क्रान्तिकारी  र परिवर्तनकारीहरू भनेर बुझिन्छ  । तर अहिलेको   समयमा क्रान्तिकारी  हुँ भन्नेहरूको आचरण, जीवनशैली  र उनिहरूको उठबस् हेर्दा कतै हामी  क्रान्तिकारीहरूको नाममा लतपतिएर  सामन्ती  र पुजीवादीहरूको जीवनयापन त जिएका छैनौं । साच्चै  क्रान्तिकारीहरू आफैमा निडर हुनुपर्ने  हो । तर अहिलेको  समयमा देखिदै गएको  क्रान्तिकारीता यहाँ  बयान  गरेर साध्य छैन्  ।

    images

    क्रान्तिकारी  हुँ भन्छन्  तर सामन्ती सोचमै रूमलिरहेको अथवा  एउटाको दास बनिरहेको  देखिन्छ । तर क्रान्तिकारी  भन्ने बितिकै गलतको खरो खण्डन  र सहीको बढो हार्दिकता पुर्वक  स्वागत  गर्नेलाई नै असली  क्रान्तिकारी  भनेर बुझिन्छ । तर अहिलेको यो  समया क्रान्तिकारीको नाम बेचिरहने भजाई रहने तर उसको हरेक  गतिविधि  एउटा  ब्यक्तिमा दास वा लम्पसार  बनी रहनेहरूले गर्दा साच्चै  क्रान्तिकारी  नाम मै दाग लागिरहेको  छ भन्ने अनुभुती  मज्जाले  गर्न सकिन्छ ।

    क्रान्तिकारी  त्यो  हो जो म जस्तै तपार्इहरु पनि एक्लै  किन नहोस् गलतको भण्डाफोर गर्नु पर्छ । आलोचना त सबैले  गर्छ, जनतामा सूचित  गर्छ, यदि उ कसैको दास बन्दैन,  कसैले  छेक्दा छेकिन्न, रोक्दा रोकिन्न र सधै अन्यायको  विरुद्ध आफ्ना रचनात्मक बिभिन्र माध्यम बाट आफ्ना विचारहरू सार्वजनिक  गर्छन्  सूचित  गर्छन्  भने त्यो  चाहिँ क्रान्तिकारीता हो ।

    तर अहिलेको  समयमा क्रान्तिकारीताको नाममा ब्यक्तिवादी  लम्पसारवादी र त जा भने जाने नजा भने नजाने खालका कथा कथित  क्रान्तिकारी  हुँ भन्नेहरूले गर्दा साच्चै  क्रान्तिकारी नाममा दखल मात्र  हैन दाग लाग्ने सम्भावना  बढेर आएको प्रष्ट  देख्दछु ।

    क्रान्तिकारी  भनेको  एक बहादुर  नै हो । उ एक्लै  हुँदा पनि निश्चित  रूपमा आफ्ना कुराहरू  निर्धक्क  राख्न सक्नेलाई खास क्रान्तिकारी  भनिन्छ  । क्रान्तिकारीहरू न बिक्न सक्छन्  न बिक्छन्  पनि न अरूको एक गाँस  खाएको  भरमा उसको  गुनगान गाउछन्  न धम्काउदा वा ब्यक्तिले रोक्दा ती क्रान्तिकारीहरू रोकिन्छन्  । तर अहिलेको  समयमा क्रान्तिकारी  हुँ भन्नेहरू साच्चै  दासी मानसिकताबाट चलिरहेको देख्दा साच्चै  क्रान्तिकारी  भनिने शब्द मै ठेस पुग्ने सम्भावना  प्रष्ट  सँग देख्न सकिन्छ ।

    त्यसैले  क्रान्तिकारी यति तपाईं  हो भन्ने साच्चै  क्रान्तिकारीता पथमा हिड्न आवश्यक  छ । क्रान्तिकारीता नाम त्यतिकै लेखिएको  हुदै होइन । यसलाई  गहिरो  ढंगले  बुझ्दा अन्यको दासी र सामन्ती  सोच त्यागेर अगाडि  बढ्यो  भन्ने मात्र  तपाईंमा भएको  म मा भएको क्रान्तिकारीताले सार्थकता पाउला नत्र तपाईंको क्रान्तिकारीता एक दिन खोस्टा जस्तो  हुने निश्चय  छ, त्यसैले क्रान्तिकारी  हुँ भन्ने महोदयहरू ख्याल  गर्नु अति अवश्यक छ ।

    लेखक - राष्ट्रिय युवा संघ नेपाल बझाङका सदस्य हुनुहुन्छ ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology