Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

युवापुस्ता लागुऔषधको दलदलमा फसे : गृहमन्त्री थापा

युवापुस्ता लागुऔषधको दलदलमा फसे : गृहमन्त्री थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७७ मंगलवार • १४:१४:१८ बजे
  • 2.0K
    SHARES
  • युवापुस्ता लागुऔषधको दलदलमा फसे : गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले मुलुकको आधारभूत समस्याको रुपमा लागुऔषध रहेको बताएका छन् ।
    सबैभन्दा धेरै युवापुस्ता लागुऔषधको दलदलमा फसेको उदाहरण प्रस्तुत गर्दै उनले मुलुकको समृद्धिको बाधक पनि लागुऔषध नै भएको जिकिर गरे । लागुऔषध दुरुपयोगका कारण उत्पादनमूलक जनशक्ति नराम्ररी प्रभावित भएकोसमेत उनले उल्लेख गरे ।

    images

    गृहमन्त्रालयमा आज आयोजित लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक गर्दै उनले तथ्यङ्कले लागुऔषधको दुरुपयोग कोरोना जस्तै विश्वव्यापी रुपमा फलिरहेको उल्लेख गरे । उनले भने, ‘यो एक प्रकारको कोरोना जस्तै सङ्क्रामक रोगभन्दा पनि फरक पर्दैन, यसले कोरोनाले जस्तै मानव अस्तित्व सुरक्षित राख्न विश्वसामु नै चुनौती खडा गरिरहेको छ ।’

    प्रतिवेदनमा मुलुकभर कुल एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन् । विभिन्न ४३ जिल्लाका दुई हजार प्रयोगकर्तालाई भेटेर सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । गत २०६९ मा प्रयोगकर्ताको सङ्ख्या कूल ९१ हजार ५३४ थियो । तथ्याङ्कमा वृद्धि भए पनि वृद्धिदर भने घटेको पाइएको छ ।

    उनले युवा शक्ति बढी लागुऔषध दुरुपयोगमा फसेकाले त्यसको नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको औँल्याए । गृहमन्त्रालयले लागू गरेको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समेत लागुऔषध दुरुपयोग र यसबाट हुने अपराध रोक्ने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उनले प्राप्त तथ्याङ्कमा सङ्ख्या वृद्धि भए पनि वृद्धिदर घट्नु खुशीको कुरा भएको बताए ।

    प्राप्त प्रतिवेदनले आगामी दिनमा यसको दुरुपयोग नियन्त्रणका लागि थप रणनीति तय गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । गृहसचिव महेश्वर दाहालले बेरोजगारी बढी लागुऔषध प्रयोगकर्ता रहेको प्रतिवेदनले औल्याएको तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

    ‘युवा शक्ति सहभागी हुनु भनेको मुलुकको विकासमा समेत अवरोध हुनु हो’, उनले भने, ‘लागुऔषधसँग अन्य रोगको साइनो जोडिएकाले मानव स्वास्थ्यलाई समेत प्रतिकूल प्रभाव पारिरहेको छ, यसतर्फ बेलैमा सोच्नु पर्छ ।

  • सम्बन्धित विषय:

  • # लागु औषध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology