मयूरपाटी - वरिष्ठ संगीतकार गायक तथा रचनाकार बि. बि अनुरागीले रोजगारीको सिलसिलामा परदेशमा रहेका नेपालीहरुको यथार्थ भोगाई र वेदनालाई समेतेर अत्यन्तै उत्कृष्ट र मर्मस्पर्शी नेपाली लोक गीत 'कराैंती' भिडियो सहित युट्युव च्यानलबाट सार्वजनिक गरेका छन ।
उक्त गीतमा वरिष्ठ संगीतकार गायक तथा रचनाकार बि.बि अनुरागीको शब्द, स्वर तथा संगीत रहेको छ । गीतले परदेशमा रहेका नेपालीको कथा र ब्यथालाई उजागर गरेको हुँदा छोटो समयमा असंख्य श्रोता र दर्शकहरुको मन जित्न सफल भएको छ ।
उक्त गीतको भिडियोलाई बरिष्ठ संगीतकार गायक तथा रचनाकार बि. बि अनुरागी आफैले निर्देशन गरेका छन भने बिबेक विश्वकर्माले छायांकन तथा सम्पादन गरेका छन । उक्त गीतको म्युजिक भिडियोमा बि. बि अनुरागी सुनिता, शिक्षा, सर्जकले अभिनय गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।