Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधि सभा विघटनको वैधतामाथि परेको रिट विरुद्धको मुद्दा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटनको वैधतामाथि परेको रिट विरुद्धको मुद्दा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७७ बुधवार • ०८:४२:४७ बजे
  • 2.8K
    SHARES
  • प्रतिनिधि सभा विघटनको वैधतामाथि परेको रिट विरुद्धको मुद्दा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदै
    सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको वैधतामाथि परेको रिट निवेदनलाई आजदेखि प्रारम्भिक सुनुवाइ थाल्ने भएको छ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध १३ वटा रिट दायर भएको थियो । जसमध्ये एक वटा रिट निवेदन सोझै संवैधानिक इजलासमा गएको छ भने बाँकी साधारण प्रकृतिका रहेका छन् ।
    संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पालो आगामी शुक्रबार आउने सम्भावना रहेको छ । प्रतिनिधि सभा विघटन सम्बन्धी एकै खालको मुद्दामध्ये एउटा नियमित इजलासमा र अर्को संवैधानिक इजलासमा परेकाले आदेशमार्फत सबै निवेदनलाई एकै इजलासमा हेर्ने गरी आदेश हुने सम्भावना पनि रहेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology