Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको पोखरामा मृत्यु

तनहुँ र स्याङ्जाका दुई कोरोना संक्रमितको पोखरामा मृत्यु

तनहुँ र स्याङ्जाका दुई कोरोना संक्रमितको पोखरामा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ९, २०७७ बिहिवार • १३:०६:२९ बजे
  • 2.8K
    SHARES
  • तनहुँ र स्याङ्जाका दुई कोरोना संक्रमितको पोखरामा मृत्यु
    पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिलाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।


    डा। शर्माका अनुसार तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५:२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८:२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology