संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलाशमा बहस जारी छ। बहसका क्रममा एक वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किएका छन् ।
बहसका क्रममा उनले संसद विघटनको निर्णयमा ‘इजलासबाट ल्याप्चे नलगाइयोस्' भनेका थिए । त्यसपछि झोक्किएका राणाले उनको बहस सुन्न मानेनन् र उनलाई हटाई दिए ।