Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा ६०८ जनामा कोरोना संक्रमण पुष्टि : ८ को मृत्यु

२४ घन्टामा ६०८ जनामा कोरोना संक्रमण पुष्टि : ८ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७७ शुक्रवार • १६:४१:५१ बजे
  • 1.1K
    SHARES
  • २४ घन्टामा ६०८ जनामा कोरोना संक्रमण पुष्टि : ८ को मृत्यु

    पछिल्लो २४ घन्टामा देशभर ६ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार १ सय ४२ जनामा गरिएकाे पिसिआर परीक्षणको नतिजामा ३ सय ७१ पुरुष र २ सय ३७ महिला गरी ६ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

    images

    अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ भने ८ हजार ९ सय ८ जना संक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घन्टामा देशभरबाट ८ सय ९२ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ । निको हुनेको दर ९६.५ प्रतिशत रहेको छ ।

    कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १६ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology