Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली नै हुँ नेपालकै लागि खेल्छु : गौरिका सिंह

नेपाली नै हुँ नेपालकै लागि खेल्छु : गौरिका सिंह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७७ शनिवार • १०:०१:०५ बजे
  • 3.0K
    SHARES
  • नेपाली नै हुँ नेपालकै लागि खेल्छु : गौरिका सिंह

    एक वर्षअघि काठमाडौंमा १३ औं दक्षिण एसियाली खेलकुद चलिरहेका बेला गौरिका सिंहले भावविह्वल भएर ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु’ यस्तैयस्तै भनेकी थिइन, यस्तो किन पो भन्नुपरेको थियो होला त ? सार खिच्दा यसले नेपाली खेलकुदमा नयाँ मानक भने तयार हुन्छ ।

    images

    विदेशी भूमिमा प्रशिक्षण लिँदै, अभ्यास गर्दै कोही अब्बल हुन्छ र उसले नेपालको प्रतिष्ठा बढाउने काम गर्छ भने त्यसलाई स्वागत गर्न किन कन्ज्युस्याइँ ? कसैले तिनलाई कहाँ नेपाली होइन भन्न पाइन्छ र ? बरु उनले पाएको उपलब्धीमा खुसी भएर मन ठूलो पार्दा राम्रो । धन्य, गौरिकाले यस्तो फरक बाटो त खोलिदिएकी छन् ।

    लन्डनमा बस्छिन्, पौडी खेल्छिन्, अनि नेपालको प्रतिधिनित्व गर्छिन्, त्यो पनि गौरवले । वर्ष २०७६ मा नेपाली खेलकुदको इतिहासमा सबैभन्दा ठूलो अवसर केही हो भने त्यो १३ औं दक्षिण एसियाली खेलकुद नै हो । अनि यसको पनि सबैभन्दा ठूलो केही नेपाली उपलब्धि छ भने त्यो गौरिकाले जितेको चार स्वर्ण नै हो ।

    अब त कसैले औंला भाँचेर नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडीको सूची बनाउँछ भने त्यसमा पक्कै गौरिकाको नाम पक्कै हुनेछ
    उनले नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो खेल महोत्सवमा चार स्वर्ण मात्र जितिनन्, दुई रजत र तीन कांस्य पनि जितिन् । अनि सबैको मन पनि । त्यसो त उनको यही प्रदर्शनमा खोट लगाउने पनि रहे । अनि त्यसैकै उत्तरमा त हो, गौरिकाले भनेकी, ‘म नेपाली नै हुँ म नेपालकै लागि खेल्छु ।’ अब त कसैले औंला भाँचेर नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडीको सूची बनाउँछ भने त्यसमा पक्कै गौरिकाको नाम पक्कै हुनेछ । त्यसैले त नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको वर्ष २०७६ को पल्सर स्पोर्टस अवार्डको लोकप्रिय खेलाडी विधामा उनको नाम पनि मनोनयन भएको छ ।

    उनी यसका लागि हकदार त छिन् नै, अवार्ड जित्नका लागि बलिया प्रत्यासी पनि छिन् । हुन पनि पछिल्लो समय नेपाली खेलकुदबाट धेरैले चिनेको अनुहारमा पर्छ, गौरिका । यसको पृष्ठभूमि तयार हुन सुरु भएको भने चार वर्ष अगाडिदेखि नै हो । हुन त त्यसको पनि अगाडि फुच्ची गौरिकाले नेपाली घरेलु पौडीमा तहल्का मच्चाइसकेकी थिइन् ।

    तर, उनको सबैभन्दा पहिले बलियो उल्लेखनीय प्रदर्शन सन् २०१६ मा भएको थियो, भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology