Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भलिबलका प्रशिक्षक रिमालको मृत्यु

भलिबलका प्रशिक्षक रिमालको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७७ शनिवार • ११:१०:५७ बजे
  • 2.7K
    SHARES
  • भलिबलका प्रशिक्षक  रिमालको मृत्यु
    नेपालको राष्ट्रिय खेल भलिबलका मुख्य प्रशिक्षक सुदेश रिमालको निधन भएको छ । भलिबलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी समेत रहेका उनलाई भक्तपुरस्थित निवासमा सोमबार ब्रेन ह्यामरेज भएपछि बाँसबारी न्यूरो अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा ५६ वर्षे रिमालको शुक्रबार निधन भएको पुष्टि गरिएको छ ।


    पर्साको वीरगन्जमा जन्मिएका रिमाल दोस्रो पुस्ताका भलिबल खेलाडी थिए । २०४० सालपछि करिब एक दशक राष्ट्रिय टोलीका सदस्य रहेका रिमालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए ।

    रिमालले २०४२ सालमा वीरगन्जमा आयोजित तेस्रो राष्ट्रिय खेलकुदमा नारायणी अञ्चलको टोलीबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका उनी ओपन स्पाइकरको पोजिसनबाट खेल्थे ।

    खेलाडी जीवनपछि २०५० सालबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रशिक्षकको जिम्मेबारी सम्हालेका रिमाल सन् २०१६ देखि २०१८ सम्म परिषद् प्रमुख भलिबल प्रशिक्षकसमेत रहे ।

    सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पुरुष भलिबलमा नेपालले १५औं स्थान हासिल गर्दा उनी प्रमुख प्रशिक्षकको जिम्मेवारीमा थिए । त्यसअघि सन् २०१६ मा भारतमा भएको १२ औं

    दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले कांस्य पदक जित्दा उनी प्रमुख प्रशिक्षक नै थिए ।

    हाल रिमाल पछिल्लो दुई वर्षदेखि राखेपको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को निर्देशकका रूपमा कार्यरत थिए । उनी गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा बिच भलिबल टोलीको मुख्य प्रशिक्षक थिए । बिच भलिबलमा नेपालले कांस्य पदक जितेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology