नागरिक अगुवाहरुले माइतीघर मण्डलामा शंख फुकेर संसद विघटनको विरोध गरेका छन् । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा अगुवाहरुले प्रदर्शन गरेका हुन् ।
माइतीघर मण्डलामा जम्मा भएका विभिन्न क्षेत्रका नागरिक अगुवाहरुले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेर प्रतिगमनको यात्रा तय गरेको भन्दै संविधानको रक्षार्थ सडकमा उत्रिएको बताएका छन् ।

उनीहरुले संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम मान्य नहुने भन्दै संविधानभित्रैबाट अबको विकल्प खोजिनुपर्ने बताएका छन् ।