Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

५ सय जनामा कोरोना संक्रमण : ३ जनाको मृत्यु

५ सय जनामा कोरोना संक्रमण : ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७७ शनिवार • १८:४८:४९ बजे
  • 1.3K
    SHARES
  • ५ सय जनामा कोरोना संक्रमण : ३ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ५ सय जनामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर थप ५ सय जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    मन्त्रालयकाअनुसार थपिएका ५ सय जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । यीमध्ये ६ हजार ७ सय ४९ जना सक्रिय संक्रमित रहेको छन् ।

    देशभर पछिल्लो २४ घण्टामा ८ सय ४० जनाले कोरोना संक्रमण जितेका छन् । थपिएको संख्यासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ जना पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १९ जान पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology