Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज मात्रै ४८१ जना संक्रमित थपिए

आज मात्रै ४८१ जना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७७ आइतवार • १७:१०:०४ बजे
  • 1.0K
    SHARES
  • आज मात्रै ४८१ जना संक्रमित थपिए
    आज मात्रै ४८१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर ३८२८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या २ लाख ५८ हजार १८१ जना पुगेको छ । केही समय अघि दैनिक ५ हजार माथि सम्म संक्रमित पुगेका थिए ।

    यसै गरी कोरोनाबाट डिस्चार्ज हुनेको संख्या र दर बढीरहेको छ । आज मात्रै ७३१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार ८६३ जना पुगेको छ । हाल सम्म निको हुने दर ९६.८ प्रतिशत पुगेको छ । यो दक्षिण एशियाकै सबै भन्दा धेरै हो ।
    यसै गरी २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । यो सगैँ हाल सम्म मृत्यु हुनेको संख्या १८२५ पुगेको छ ।
    दश देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ जना मात्र रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology