Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फुटबल खेलाडी विमल र विक्रमको कतारमा उपचार गरिने

फुटबल खेलाडी विमल र विक्रमको कतारमा उपचार गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७७ सोमवार • १३:३१:५३ बजे
  • 2.1K
    SHARES
  • फुटबल खेलाडी विमल र विक्रमको कतारमा उपचार गरिने

    घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ ।

    images

    राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी घर्ती मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघलाई अनुरोध गरेको थियो । कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा हुने भएको हो ।

    एन्फा प्रवक्ता किरण राईका अनुसार घर्तीमगर र लामा घाइते भएपछि दुवैले बन्द प्रशिक्षण गुमाएका छन् । दुवै खेलाडी एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

    घाइते भएका कारण उनीहरुले प्रशिक्षण तथा विश्वकप फुटबलको छनोट खेल गुमाउने राइले बताए । लामाको खुट्टाको चोट बल्झिएको छ । उनी थ्रि स्टारबाट खेल्ने क्रममा तीन वर्षअघि घाइते भएका थिए । घर्तीमगर भने बन्द प्रशिक्षणका क्रममा घाइते भएका हुन् । उनको घुँडामा गम्भीर चोट लागेको छ । यसअघि एन्फाले नवीन महर्जन र रवीन श्रेष्ठलाई उपचारका लागि कतार पठाएको थियो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology