Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रोसेस्ड फूड खाइरहेका कारण मानिसहरूको अनुहार खुम्चिँदै

प्रोसेस्ड फूड खाइरहेका कारण मानिसहरूको अनुहार खुम्चिँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७७ सोमवार • १३:५८:२८ बजे
  • 2.9K
    SHARES
  • प्रोसेस्ड फूड खाइरहेका कारण मानिसहरूको अनुहार खुम्चिँदै
    एजेन्सी/ वैज्ञानिकहरूका अनुसार, प्रोसेस्ड फूड खाइरहेका कारण मानिसहरूको अनुहार खुम्चिँदै गएको छ । 

    पुरातत्त्वविद्हरूको एक अन्तर्राष्ट्रिय टोलीले मानव अनुहारको विकासक्रम हेर्दा एक लाख वर्षमा अनुहार बिस्तारै पातलिँदै गएको देखियो । 

    निएन्डरथल र बाँदरहरूको निधार चुच्चे हुन्थ्यो अनि अनुहार चौडा र दाँत ठूलो हुन्थे । मानव विकासक्रममा खाना पकाउन शुरू गर्दा हाम्रो अनुहार सानो हुँदै गयो । हामीहरूलाई शक्तिशाली दाँत र गिजाको आवश्यकता कम हुन थाल्यो । 

    योर्क र हाल विश्वविद्यालयहरूले पुराना अफ्रिकी मानवको अनुहारदेखि लिएर आधुनिक अनुहारको परिवर्तन हेरे । 

    योर्क विश्वविद्यालयका प्राध्यापक पल भन्छन्, ‘अहिलेको नरम खानेकुराका कारण मानव अनुहारको आकार घटिरहेको छ । मानव अनुहार बदलिन सक्ने पनि एउटा सीमा छ । तर सास फेर्नका लागि नाकको प्वाल ठूलो हुनुपर्छ ।’

    आफ्ना आँखीभौंबाट बढी अभिव्यक्ति दिनका लागि मानव अनुहारको विकास भएको पनि वैज्ञानिकहरूले बताएका छन् । शिकार युगबाट कृषियुगमा पुगेपछि मानिसहरू मकै र गहुँ उमार्न थाले र रोटी खान थाले अनि अनुहार साँघुरिँदै गयो ।

    हामी आफ्नो अनुहारको मांसपेशीको संकुचन र सहजतामार्फत २० किसिमका भाव व्यक्त गर्न सक्छौं । हाम्रा पूर्वजहरू यसो गर्न सक्षम थिएनन् । उनीहरूको अनुहारको आकार र मांसपेशीका स्थिति फरक थिए ।

  • सम्बन्धित विषय:

  • # प्रोसेस्ड फूड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology