Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७७ मंगलवार • १६:१३:१७ बजे
  • 1.9K
    SHARES
  • बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा

    म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

    images

    अक्सिजन प्लाण्ट र अक्सिजन भर्ने बुस्टर मेसिन खरिद गरेर जडान गरेसँगै जिल्लामै अक्सिजन उत्पादन र अक्सिजन भर्ने सेवा सुरु गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । प्लाण्ट स्थापनाको लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजन भएको रु ७५ लाख बजेटमध्ये बोलपत्रमार्फत रु ४२ लाखमा मेसिन तथा उपकरण खरिद गरिएको थियो । त्यसैगरी केन्द्रको भवनलगायतको पूर्वाधार निर्माणमा मन्त्रालयबाटै रु पाँच लाख बजेट उपलब्ध भएको र अक्सिजन भर्ने बुस्टर मेसिन उपकरण खरिदमा रु १५ लाख ४० हजार खर्च भएको अध्यक्ष कटुवालले बताए । बुस्टर खरिदमा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा रघुगङ्गा गाउँपालिकामा विनियोजन भइ खर्च हुन नसकेको करिब १४ लाख बजेटलाई परिचालन गरिएको र अपुग रकम अस्पतालले थप गरेको जनाइएको छ ।

    उत्पादित अक्सिजनलाई तत्काललाई सिलिण्डरमार्फत भर्ने र प्रयोग गर्ने गरिए पनि केही महिनाभित्रमा अस्पतालको आवश्यक पर्ने कोठामा सोझै पाइपलाइनमार्फत पु¥याउने तयारी गरिएको अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताए । अस्पतालका अनुसार, पाइपलाइन विस्तारको लागि सामाजिक विकास मन्त्रालयबाट यस वर्ष रु १० लाख बजेट विनियोजन भएको छ ।

    अक्सिजन उत्पादन केन्द्र र भर्ने सुविधा विस्तार भएसँगै नियमित रुपमा अक्सिजन प्रयोग गर्दै आएका स्वाशप्रश्वास, दमका बिरामीसँगै जटिल रोगका बिरामीको उपचार सहज हुने डा कँडेलले जानकारी दिए । म्याग्दीमा अहिलेसम्म पोखराबाट अक्सिजन सिलिण्डर ल्याउने गरिएको थियो । अस्पतालमा जडान गरिएको सो प्लान्टमा अस्पताललाई आवश्यक भन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् ।

    दैनिक १० देखि १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सकिने जनाइएको छ । अस्पतालमा रहेको सघनउपचार कक्षसमेत ‘एसी’ र ‘भेन्टिलेटर’ का उपकरण थप गर्ने तयारी भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रममा खर्च हुन बाँकी रहेको रु ३० लाख बजेट धौलागिरी गाउँपालिकाले अस्पतालमा उपकरण थप गर्न सहमति दिएकाले आवश्यक प्रक्रिया अगाडि बढाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology