Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते

लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७७ मंगलवार • १९:१३:४८ बजे
  • 1.5K
    SHARES
  • लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते

    फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका–२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी मंगलबार सडकबाट झरेर दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा फालेलुङ–२ का सुविन अधिकारी, सुविक्षा पौडेल, सुजाता पौडेल, रवीन अधिकारी र कविता चापागाईं तथा झापाको बिर्तामोडमा रामचन्द्र उप्रेती, उर्लाबारी मोरङका सागरचन्द्र सापकोटा र टगोमादेवी सापकोटा घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयकाअनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उपचारका लागि झापाको बिर्तामोड पठाइएको छ । बाँकी सातको फिदिमस्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको तर सडकमा शीत परेर चिप्लो हुने हुनाले सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology