Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शरीर पनि बिद्युत शक्तिबाट चल्छ, यसको मापन गर्न वैज्ञानिकहरुले गरे नयाँ आविष्कार

शरीर पनि बिद्युत शक्तिबाट चल्छ, यसको मापन गर्न वैज्ञानिकहरुले गरे नयाँ आविष्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७७ बुधवार • ११:२९:१९ बजे
  • 2.1K
    SHARES
  • शरीर पनि बिद्युत शक्तिबाट चल्छ, यसको मापन गर्न वैज्ञानिकहरुले गरे नयाँ आविष्कार

    एजेन्सी । मानिस जिउँदो हुन शरीरमा विद्युत उत्पादन र प्रवाह जरुरी हुन्छ । यदी मानव शरीरमा बिजुली उत्पन्न हुँदैन भने मुटु रोकिन्छ । मस्तिष्कले काम गर्न छाड्छ । शरीरमा हुने विभिन्न रोग र समस्या बारे सन्देश पठाउने प्रक्रिया बन्द हुन्छ ।

    images

    हो, हाम्रो शरीरमा विद्युत प्रवाह निरन्तर भैरहन्छ । यही विद्युत प्रवाहको मापनका लागि वैज्ञानिकहरुले नयाँ तरिकाको खोज गरेका छन । मानव शरीरका कोशिकाहरु भित्र प्रवाह हुने बिद्युतको मापन गर्न यूनिभर्सिटी अफ सिकागोका वैज्ञानिकहरुले नयाँ तरिकाको खोजी गरेका हुन । यो तरिकाबाट शरीर भित्रका फरक फरक भागमा दौडने करेन्टको मापन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन ।

    यो विधिबाट कुन कामका लागि शरीरको कुन भागको कति विद्युत शक्तिको उपयोग भैरहेको छ भन्ने तथ्य पनि पत्ता लगाउन सकिने वैज्ञानिकहरुले बताएका छन । नेचर नानो टोक्नोलोजीमा प्रकाशित अध्ययन प्रतिवेदनका लेखक युनिभर्सिटी अफ सिकागोका ग्य्राजुएट विद्यार्थी आनन्द समिनाथनले बताए अनुसार धेरैजसो वैज्ञानिकहरु अहिलेसम्म कोशिकाहरु भित्रको माइटोकन्ड्रियामा मात्रै केन्द्रित हुने गरेका थिए । माइटोकन्ड्रियालाई कोशिकाहरुको पावर हाउस पनि भनिन्छ ।

    यसका बावजुद कोशिकाहरुमा त्यस्ता झिल्ली अर्थात मेम्ब्रेनहरु पनि हुन्छन, जसले बिजुली उत्पादन र प्रवाहमा सहयोग गर्दछ । यूनिभर्सिटी अफ शिकागोको द कृष्णन प्रयोगशालामा आनन्द र उनको टिमले कोशिकाहरुभित्र यात्रा गर्न सक्ने स–साना सेन्सरहरुको निर्माण गरेका छन । ती सेन्सरहरुले कोशिकाहरु भित्र यात्रा गर्ने क्रममा शरीरको कुन भागमा कति बिद्युत उत्पादन भैरहेको छ र कति मात्रामा उपयोग भैरहेको छ भन्ने बारे जानकारी दिन्छन ।

    कोशिका भित्र हुने विद्युत उत्पादन, प्रवाह र प्रयोगका बारेमा प्राप्त जानकारीले हामीलाई थुप्रै प्रकारका रोगसंगै अपांग हुने समस्याबाट समेत छुटकारा दिलाउन सहयोग पुर्याउँछ । यसअघि आनन्दको टोलीले न्युरोन्स अर्थात तंत्रिका कोशिकाहरु र लाइजोम्सको अध्ययन गर्ने अत्यन्तै शुक्ष्म मेशिन बनाएको थियो ।

    यस क्रममा आनन्दको टोलीले न्युरोन्स अर्थात तंत्रिका कोशिकाहरु भित्र प्रोटिनले बनेका झिल्लीहरु हुने तथ्य पत्ता लागेको थियो । यसलाई आयन च्यानल्स (Ion Channels) पनि भनिन्छ । यो एक प्रकारको ढोका हो, जुृन ढोकाको भित्र र बाहिर चार्ज भएका आयन्सहरु घुमिरहन्छन । यो आयन च्यानल्स कुनै पनि न्यूरोन्सका लागि अत्यन्तै जरुरी हुन्छ । न्युरोन्सले यही च्यानलको सहयोगमा शरीरको फरक फरक भागमा संदेश पठाउने र प्राप्त गर्ने काम गर्छ ।

    आनन्दले बताए अनुसार कोशिका भित्र रहेको झिल्लीमा आयन च्यानल्स हुने अध्ययन यसअघि पनि भएको थियो । तर त्यसबेला यसले के काम गर्छ भन्ने जानकारी प्राप्त भएको थिएन । आनन्दले भने, “यसपछि हामीले नयाँ उपायको विकास गर्यौं । जसलाई भोल्टेयर (Voltair) भनिन्छ । यो एक प्रकारको भोल्टमीटर हो, जसले कोशिकाहरु भित्रको दुई फरक फरक भागमा रहेको भोल्टेजको अन्तरको मापन गर्छ । अर्थात यसले कोशिका भित्र गएर विद्युत प्रवाहको जानकारी दिन्छ ।”

    न्युक्लिक एसिडबाट चल्ने मोलिकुलर डिभाइसका विशेषज्ञ प्रोफेसर यमुना कृष्णनले बताइन, “शुरुमा कोशिकाको भित्र र बाहिर बिजुलीको प्रवाह कति हुन्छ भन्ने कुरा हामीलाई थाहा थिएन । तर अहिले भोल्टेयर (ख्यतिबष्च) बाट दुवैबीचमा हुने करेन्टको फरक पत्ता लगाउन सकिने भएको छ । ”

    आनन्द समिनाथनले बताए अनुसार यो अनुशन्धान प्रारम्भिक चरणमै छ । यसका लागि अझै धेरै अनुशन्धान गर्न जरुरी छ । यदी यस विषयमा ब्यापक तहमा खोज अनुशन्धान गर्ने हो भने मानवलगायत जनावरहरुलाई कैयौं प्रकारका रोगहरुबाट बचाउन सकिन्छ । मानव लगायत सम्पूर्ण जीवजन्तुहरुको स्वास्थ्यका लागि यो वैज्ञानिक कदम सफल र उपयोगी सावित हुने फिज डट ओआरजीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बिद्युत
  • # आविष्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology