पौष १५, २०७७ बुधवार
•
१३:२३:१६ बजे
कमल (तिलक भण्डारी)
तिन करोड जनताको ६ करोड आँखा छन । सबैको सोच्ने बुझ्ने देख्ने र मूल्यांकन गर्ने, सामर्थ्य एकरुपता हुदैन, त्यहि बिबिधता बिच पाठक मित्रहरूलाई मानिसमा भएका अन्तर हृदय भित्रका पुलिन्दा पस्कने जमर्को गरेको छु । मानव जन्म देखि मृत्यु सम्म लामो सर्घष र अनुभव ग्रहण गरेको हुन्छ । त्यसमा दुइमत कसैको छैन । त्यहि बिचको अन्तर मुठभेडलाई सकारात्मक र रक्षात्मक बनाउन नसक्दा मानबको जीवन शिशाको टुक्रा जस्तो बनेको हामी सबैको नजरले देखेको र अनुभव गरेको पक्कै हो । शिशाका ट्रक्रा नहुदा जति हामीलाइ प्रतिबिम्ब गरेको हुन्छ,जब यो टुक्रामा परिणत हुन्छ ,तब न सजाउन मिल्ने न दबाउन मिल्ने हुन्छ ।
हामी सबैका आधारभूत आवश्यकता भनेको गाँस बास कपास र सहवास हुन । तर यहिँ बिषय बस्तुलाई अनुकुलतामा परिणत गर्न नस्कदा प्रतिकुलमा परिणत भएका छन । बिशेष गरी परदेशलाइ मात्रै हामी केन्द्रमा राखी बाकी स्वदेशमा सबै गंगाका जल भन्दा पनि पृथक छन । भनेर तुलना गरीयो भने सबै भन्दा ठुलो दुर्घटना त्यहिँबाट स्थापित हुन्छ । त्यसकारण प्रवासमा मात्रै होइन स्वदेशमा पनि परपुरूष र परस्त्रि सम्बन्धले श्रीमान र श्रीमति बिच झगडाको कल्पबृक्ष बढदै गएको अनुभूति गर्न सकिन्छ। हिजो आजको परिदृस्य र घटनाहरू देख्दा यसको मूल कारण के हो हामी सबैले खोजि निति र निवारणमा हामी सबैको उतिकै भूमिका कायम रहिरहन्छ ।
जीवन जात्रै जात्रै हो तर मेरो श्रीमानको नजरले देख्न नस्केको मात्रै हो । भनेर अबैध सम्बन्ध राख्नले न बज्यो बासुरी न रहयो बास पक्कै हुन्छ । त्यसको हेक्का हामी सबैले राख्नु पदर्छ । पुरूषले पनि हिमाल शिखर हो, जेठी भन्दा कान्छि नै तिखर हो! भन्ने मनोभाबले ग्रसित हुदा बालुवा बाट तेल निकाल्न खोज्नु र कान्छिबाट घरबार बनाउन खोज्नु उस्तै उस्तै हो ।
युवा होस युवति दुबैको हकमा यो बिषय पूर्ण लागु भएको हुन्छ । किनभने बिबाह पूर्व राखिने सम्बन्धले जब श्रीमान वा श्रीमति भइसके पछि पनि बिगतको त्यो सम्बन्धले गर्दा जब श्रीमानको अभाबको महसुस या रोजगारीको शिलशिलाले गर्दा अलग बस्नु पर्ने बाध्यातमक स्थिति सिर्जित हुन्छ । तब यस्तो बिचार भाब प्रकट भइ यौन सन्तुष्टि पूरा गर्ने, कार्यमा तलिन भएको अहिले ताजा घटनाले उजागर गरेको देखिन्छ ।
परपुरूष र परस्त्रि सम्बन्धले जीवन उजाड मात्रै होइन मानसिक रोगमा पनि परिणत भएका धैरै घटनाक्रम बाहिरा देखिएका छन । यस्ता सम्बन्धले जीवनभरी घायल भइ हिडेको पनि हाम्रो नजरले देखेको यर्थाथ हो । न समाल्न सक्ने न सम्बन्ध तोडन सक्ने अबस्थामा दैनिक बिताउने नेपाली संख्या अहिले धैरै छ । त्यसकारण श्रीमति र सम्पति सकभर नजर भन्दा बाहिरा राख्नु पर्ने दिनको अन्त्यको हामी सबैले अपेक्षा गरोै । स्वदेशमा श्रीमान बसी परदेशमा श्रीमति पठाउनु र धन समप्तिको अपेक्षा गर्नु र चितुवालाइ घरमा पालेर मालिकलाइ जीवनभरी सुरक्षा दिन्छ भनु उस्तै हो । एकाध महिलाले राम्रो पनि गरेका छन यस्को मतलब सबै खराब छन भन्ने पनि होइन समग्रमा प्रवासमा बिकृति बढि नै देखिन्छन । त्यसकारण घरमा बसी परदेशको श्रीमतीलाई शुद छ भन्न खोज्नु र बालुवा बाट तेल निकाल्छु भनु उस्तै उस्तै हुन ।
जुन महिला बिवाह पूर्व अन्य पुरूषको सम्बन्धमा बसेका छन। महिला एकाध मात्रै होला बिवाह पछि श्रीमानको अभावमा अन्य पुरूष सग सम्बन्ध नजोडने बाकी त सबै त्यहि अबिबाहितमा भएका क्रियाकलाप दोरीने प्रबल सम्भावना देखिन्छ ।
त्यसकारण यस्तो परपुरूष र परस्त्रि सम्बन्धले निजि ब्यक्तिलाइ मात्रै होइन । उसको परिवार समाज सबैलाई नराम्रो सन्देश प्रवाह गरेको हुन्छ । त्यसैले यस्तो कार्यलाई हामी सबैले बर्जित गर्ने सकल्प गरोै तत्कालिन लाभको बाटोलाइ हामी सबैले अन्त्य गर्ने प्रणय गरोै एउटा भनाइ पनि छ । रङगेहात नसमातिएमा मात्रै हनु शुद र असल कोहि बचेको छ होला र ? यो कथनलाइ कसरी मनन गर्ने बाकी सबै पाठकको हातमा छ ।