गएराति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा दुई जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् ।राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले बगाएका दुई जनाको शव फेला परेको थियो ।

जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव स्थानीयले फेला पारेका छन् । बाढीमा बेपत्ता भएकाहरुको आज बिहान ५ बजेबाट खोजी कार्य सुरु गरीएको छ ।बाढीले ठूलो क्षति पुगेको छ बाढीले खाडीचौरमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पुर्याएको छ ।जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।