Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले चितवन घर दैलो अभियान शुरु

अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले चितवन घर दैलो अभियान शुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७७ बिहिवार • ११:०७:०६ बजे
  • 1.6K
    SHARES
  • अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले  चितवन घर दैलो अभियान शुरु

    अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान शुरु गरेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले घरदैलो (डोर टु डोर) सचेतना अभियान सञ्चालन गरेको हो ।

    महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान गरिएको हो । ‘स्पेशल टास्क डोर टु डोर अवार्नेस’ कार्यक्रम प्रभावकारी बनेकोे सेलका प्रमुख प्रहरी निरीक्षक प्रवीना गिरीले बताइन् ।

    अभियानले गर्दा उजुरी दिन प्रहरी कार्यालयनै धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।
    उनले भनिन्, ‘हिंसा वा आपराधिक गतिविधिको गोप्य सूचना प्रहरीका स्थानीय एकाइमै दिन सकिनेबारे जानकारी गराइएको छ, जसले गर्दा जिल्लामा भीड कम भएको छ ।’

    अपराध तथा घटनाको प्रवृत्तिअनुसार उजुरी दिन सकिने ठाउँबारे अभियानमार्फत जानकारी दिने गरिएको छ । चितवन महिला सेलमा आएका उजुरी घरेलु हिंसा, जबर्जस्ती करणी, करणी उद्योग, बाल यौन दुरुपयोग र लागुऔषध दुव्र्यसनीलाई मूल्याङ्कन गरी बढी आपराधिक घटना भएको स्थानलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

    कानून र सजाय व्यवस्थाबारे स्थानीय जानकार बनेपछि घरेलु हिंसा, कुटपिटलगायतका घटनामा उल्लेख्य कमी आएको उनले बताइन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले महिला प्रहरी मोटरसाइकलमा घरघरमा पुगेर अभियान सञ्चालन गरिरहेको जानकारी दिइन् ।

    दुई वटा मोटरसाइकलमा चार जना महिला प्रहरी यस अभियानमा खटिएका छन् । यसको प्रभाव राम्रो रहेको उनले बताइन् । उनले भनिन्, ‘स्थानीय समुदाय र पीडितले खुलेर आफ्ना समस्या राख्न सकेमा अपराध नियन्त्रणमा सहयोग पुग्छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology