Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा कोरोना संक्रमणको जोखिम अझैँ कायम

नेपालमा कोरोना संक्रमणको जोखिम अझैँ कायम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • ०९:२८:२२ बजे
  • 919
    SHARES
  • नेपालमा कोरोना संक्रमणको जोखिम अझैँ  कायम

    पछिल्लो समय आम नागरिकले कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सामान्य रुपमा आफ्ना गतिविधि गरेको देखिन आएको छ । कोरोना संक्रमणको जोखिम नै नभएको हो कि भन्ने गरी बढ्न थालेको राजनीतिक गतिविधिका कारणले पनि खतरा बढेको जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

    images

    जनस्वास्थ्यविद् डा शरद वन्तले नेपालमा कोरोना संक्रमणको जोखिम अझैँ नटरेको बताए । नागरिकहरुका पछिल्ला गतिविधिमा स्वास्थ्य मापदण्डलाई राम्ररी पालना नगरेको देखिएकाले नेपालमा कोरोनाको महामारी पुनः दोहोरिन सक्ने खतरा रहेको उनले चेतावनी दिए ।

    दिनप्रतिदिन संक्रमणदर घट्नु राम्रो पक्ष भए पनि जोखिम भने नटरेको उनि बताउँछन् । अरु देशको तुलनामा जनसंख्याको हिसाबले नेपालमा देखापरेको संक्रमणको दर समानुपातिक रुपमा कमी नभएको उनले स्पष्ट पारे । नेपालको खानपिन र हावापानी वातावरणले कोरोना लाग्दैन भन्ने केही मानिसमा भ्रम देखा परेको सुन्नमा आउँछ त्यस्तो भ्रम र खेलवाडमा नलाग्न उनको आग्रह छ ।

    तर पछिल्लो राजनीतिक गतिविधिले कोरोनाको संक्रमण बढ्न सक्ने खतरा त्यतिकै मात्रामा रहेको उनको आंकलन छ । राजनीतिक गतिविधि गर्ने मानिसलाई अधिकार रहे पनि त्योसँगै जनस्वास्थ्य मापदण्डका नियम पालना गर्न आवश्यक रहेको उनको भनाइ छ ।

    दोस्रो खालको कारोनाको संक्रमण बेलायतमा देखापर्न थालेको जस्तै नेपालमा पनि देखापर्न सक्ने वा आयातित हुन सक्ने भएकाले सुरक्षाका मापदण्ड अपनाउन आवश्यक छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology