Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा बहस गर्न बारबाट पाँच जना ‘एमिकस क्युरी’

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा बहस गर्न बारबाट पाँच जना ‘एमिकस क्युरी’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • ०९:३०:०४ बजे
  • 1.5K
    SHARES
  • प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा बहस गर्न बारबाट पाँच जना ‘एमिकस क्युरी’

    नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा इजलासलाई स्वतन्त्र सहयोगीका रूपमा बहस गर्न पाँच जना वरिष्ठ अधिवक्तालाई सिफारिस गरेका छन्।
    सर्वोच्च बारले शुक्रबार वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम सिफारिस गरेको हो । अधिवक्ता अधिकारी उक्त बारका निवर्तमान अध्यक्ष हुन् भने शाक्य नवनिर्वाचित अध्यक्ष । सर्वोच्च अदालतको संवैधानिक इजलासले माग गरेअनुरूप नेपाल बारले तीन र सर्वोच्च अदालत बारले दुई गरी पाँच जनाको नाम पठाएका हुन् ।

    images

    बारले एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ । कार्की तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा महान्यायाधिवक्ता भएका थिए । खरेल बारका पूर्वमहासचिव हुन् । मैनाली बारकै पूर्वकोषाध्यक्ष हुन् ।

    प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर झन्डै दर्जन रिटमा सर्वोच्चमा पुस २२ गते सुनुवाइका लागि पेसी तय भएको छ । एमिकस क्युरीले राष्ट्रिय÷अन्तर्राष्ट्रिय अभ्यास, सर्वोच्चका पूर्वनजिर, संवैधानिक मान्यतासहित स्वतन्त्र र निष्पक्ष राय उपलब्ध गराउने प्रचलन छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology