Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्रक दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

ट्रक दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७७ बिहिवार • ११:३४:४० बजे
  • 1.8K
    SHARES
  • ट्रक दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

    निमार्ण सामाग्री बोकेको ट्रक ओखलढुंगामा दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान सिद्धिचरण नगरपालिका ८ सेतिदेबी भन्ने स्थानमा ट्रक दुर्घटना हुदाँ सवारी चालक दोलखाको जिरी नगरपालिका ४ का अन्दाजी २५ बर्षिय नबराज कार्कीको घट्नास्थलमै मृत्यु भएको हो ।

    images

    काठमाण्डौबाट अपार सोलुखोला बेनी हाईड्रो कम्पनीको तारजाली तथा रड बोकेर सोलुखुम्बुतर्फ जादै गरेको बा ३ ख ९६ नम्बरको ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनामा परेको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

    ट्रकमा चालक मात्र सवार रहेको बस्नेतको भनाई छ । बिहानको समयमा हुस्सु तथा कुहिरो लागेको र चालक रातभर अनिदो भएका कारणले समेत दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    - रातोपाटीबाट साभार

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology