Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देश पुन: एकपटक अस्थिरताको भुमरिमा

देश पुन: एकपटक अस्थिरताको भुमरिमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७७ शनिवार • १०:१८:०० बजे
  • 2.1K
    SHARES
  • देश पुन: एकपटक अस्थिरताको भुमरिमा

    रामचन्द्र तिम्सिना 
      (आवाज)

    आफ्नै पार्टी भित्रबाट घेराबन्दीमा परेका केपि ओलिका लागि अन्तिम अस्त्र भनेकै संसद बिघटन गरेर मध्यावधिमा जानू वा रास्ट्रपति शासन लगाउनु यी दुई बिकल्प बाहेक अरु थिएन।घेराबन्दीमा पार्नेहरुले बुझ्न जरुरी थियो कि ढोका थुनेर बिरालो समात्न खोज्दा आफ्नै घाँटी निमोठ्छ भन्ने।बहुसंख्यक सांसदहरुको हस्ताक्षर मार्फत बिशेश अधिवेशन बोलाउन नखोज्नुले पनि आजको यो राजनीतिक संकट गहिरिएको बुझ्न सकिन्छ।

    अबको के हुन्छ ?

    ६ महिना भित्र मध्यावधी चुनाव जनमत जित्नु छ, भने मिलेर जान्छन् नत्र फुट्छन देखिएकै कुरो हो स्पष्ट बहुमत कसैको हुँदैन ।
    समानान्तर सरकार बन्नेछ ६/६ महिनामा ढल्नेछ।

    बिकास ,समृद्धि, सु-साशनका लागि स्थिर सरकार यानिकी नेकपालाई दिएको मत लत्याईएको छ।

    के हुनसक्छ केपि ओलिको रणनीति ?

    ताजा जनादेश लिन पुनः झापा जानेछन् ,प्रचण्ड चितवन र माधव नेपाल रौतहट जानेछन् ।तर गिरिजाले कृष्ण प्रसाद भट्टराई माथी खेलेको फोहोरी खेलको पुनरावृत्ति हुनेछ।  प्रचण्डलाई चितवनबाट कुनै पनि हालतमा हराउनु हुनेछ र पुर्व माके खेमालाई निमिट्यान्न पारिनेछ। अझ रोचक त यो पनि हुनसक्छ जसरी अहिले माधव नेपाल प्रचण्डसंग छन् भोलि ओलि खेमामा मिसिन सक्छन् यो सबै रणनीतिक चाल माधव नेपालकै हुनसक्छ ।

    सरसर्ती हेर्दा अलोकतान्त्रिक देखिए पनि लोकतान्त्रिक नै हो तर आगामी जनादेशमा स्पष्ट बहुमत कसैको देखिदैन।पुरानै रोग अस्थिरता निम्तिने निश्चित छ। यहाँनेर यो पनि बुझ्न जरुरी छकी हिन्दु राज्य र राजतन्त्रको मुद्दा सिथिल बनाउने कुटनैतिक चाल पनि हुनसक्छ । तसर्थ समग्रमा भन्नू पर्दा यो अस्थिरता उन्मुख दाउपेचको राजनीति आत्मघाती पनि बन्न सक्छ।

  • सम्बन्धित विषय:

  • # अस्थिरता
  • # भुमरिमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology