नेपाली लेग स्पिनर सन्दीप लामिछाने मेलबर्न स्टार्सविरुद्ध आज मैदानमा उत्रदै छन् । दशौँ संस्करणको बिग बास लिग (बिबिएल) अन्तर्गत शनिबार होबार्ट हुरिकेन्स र मेलबर्न स्टार्सबीच २३औँ खेल हुँदैछ ।
सन्दीपले होबार्ट हुरिकेन्सबाट पहिलो खेल आफ्नो पूर्व क्लब मेलबर्नविरुद्ध खेल्ने भएको हो । सन्दीपले दुई सिजन मेलबर्नमा रहँदा २० खेलबाट २६ विकेट लिएका थिए ।
होबार्ट हुरिकेन्समा आवद्ध भएका सन्दीप लामिछाने ढिलो गरी अष्ट्रेलिया प्रस्थान गरेका थिए । नेपालमा राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहि गत मंसिर ३० मा अष्ट्रेलिया गएका थिए । अष्ट्रेलियामा पुगेपछि सन्दीप १४ दिनको क्वारेन्टिनमा बसेका थिए ।
होबार्टले जारी बिबिएलमा ६ खेले खेलिसकेको छ । जसमा ४ खेलमा जित र दुई हारसहित १५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।