Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नवजात शिशुको मृत्यु पछि आक्रोशित आफन्तले गरे कीर्तिपुर मोडल अस्पतालमा तोडफोड

नवजात शिशुको मृत्यु पछि आक्रोशित आफन्तले गरे कीर्तिपुर मोडल अस्पतालमा तोडफोड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १९, २०७७ आइतवार • ११:१६:३६ बजे
  • 1.4K
    SHARES
  • नवजात शिशुको मृत्यु पछि आक्रोशित आफन्तले गरे कीर्तिपुर मोडल अस्पतालमा तोडफोड
    काठमाडौं । नवजात शिशुको मृत्यु भएपछि कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

    अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् ।

    उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । हाल अस्पताल प्रशासन र परिवारबीच छलफल समेत चलिरहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्टले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # अस्पतालमा तोडफोड
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology