विदेश जानका लागि कोरोनाको नक्कली परीक्षण रिपोर्टसहित ७ जना पक्राउ परेका छन् । कोरोनाको नक्कली रिपोर्टसहित दुबई जान लागेका ७ जना त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडामार्फत दुबई जान लागेका ७ जनालाई गएराति विमानस्थल प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सल्यानका दिनेश सिंहसहित ७ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
यसअघि पनि विमानस्थलबाट कोरोनाको नक्कली परिक्षण रिपोर्टसहित यात्रुहरु बाहिरिएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।