सन्तोष कटुवाल / सिन्धुलीको फिक्कल गाउपालिका वडा नं. ५ कर्फु स्थित ग्रामिण सडक खण्डमा बोलेरो गाडी बुधवार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।दुर्घटनामा अरु ३ जना गम्भिर घाईते भएका छन् बोलेरो दुर्घटनामा परी गम्भिर घाईते भएका ६५ बर्षिय धर्मध्वज सुनुवारको साँझ ७ बजेको समयमा गोलन्जोर गाउपालिका खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीबाट फिक्कल गाउपालिका ५ डांडाचौरको लागि रड सिमेन्ट लिएर जाँदै गरेको ना ४ च ५२८५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
बोलेरो चालक फिक्कल गाउपालिका ५ का ४९ बर्षिया टोकनाथ पहाडी, वडा नं. ५ कै ४३ बर्षिया भगवती पहाडी र सोही ठाउकै १७ बर्षिया उज्वल सुनार गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी हवल्दार पुरुषोतम पराजुलीले जानकारी दिनु भएको छ।
दुर्घट्नामा परि गम्भीर घाईते भएका तिनै जनालाई थप उपचारको लागि सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौं स्थित मेडिसिटि अस्पताल तर्फ पठाईएको प्रहरी हवल्दार पराजुलीले बताउनुभयो ।