पछिल्लो २४ घण्टाका ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ४ सय २१ जना नयाँ संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार थपिएका ४ सय २१ जनासहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ । यीमध्ये ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । थपिएको संख्यासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ ।
गएको २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप ८ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयकाअनुसार थपिएका ८ जनासहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८ जना पुगेको छ ।