मनिषा रसाइली
राम्रो त हेर्ने नजरमा हुनुपर्छ, खोट लगाउने हो भने चन्द्रमामा पनि दाग भेटिन्छ । यहा यस्तै भएको छ, पुरुषले जे गर्दा नि हुने महिलाले राम्रै गरे पनि नहुने । पुरुष जे मनलायो त्यही गर्न पाउने, महिलाले घरवाट वाहिर निस्कन समेत समय लिनु पर्ने । पुरुषले हुने नहुने काम गर्दा समेत केटा मान्छे हो पचाउने तर महिला भने समय हेरी हेरी चल्नु पर्ने, महिलाले कपडाको साइज हेरी हेरी लगाउनु पर्ने, महिलाले शव्द शव्दमा ध्यान दिएर बोल्नु पर्ने यस्तो नभए दाग देखाई हाल्ने सस्कारले महिलाहरुमाथि कति चरम हिंसा छ भनेर वुझन सकिन्छ ।
समाजमा रहेका नारी र पुरुषविच गरिने विभेदले हाम्रो मानसपटलमा जरो गाडेको छ । घरदेखि सत्तासम्म र सडकदेखि सदनसम्म गरिने विभेद देख्दा, कहिले काही यस्तो लाग्छ, कस्तो अचम्मको छ हाम्रो सस्कार, स्वतन्त्रता, अधिकार र अस्तित्व ? महिलाले मात्र किन यति पिडा खप्नु पर्ने ? कर्म गर्दा जीवनले बलिदान खोज्छ भने जस्तै नारीहरुले हरेक क्षेत्रमा त्याग गर्नै पर्ने किन ? हरेक क्षेत्रमा परिक्षा नै दिनु पर्ने किन ?
हिजो म अविवाहित थिए तर पनि स्वतन्त्र थिइन । आज विवाहित छु र पनि झन बन्धनमा परेकी छु । जीवनका उकाली ओरालीहरु र जन्मेदेखी भोगेदेखेका र सुनेका नारीको जिवनको कथा, व्यथा र आवाजहरुलाई अलिकति भएपनि समुदायसम्म पुराउन जरुरी देखिन्छ जसको कारण पुरुषहरुको घैटोमा घाम लाग्ने छ की भन्ने आशा गरेकी छु ।
नेपालको संविधानमा राज्यको हरेका निकायमा ३३ प्रतिशत महिला सहभागी गराउने कुरा लेखिएको छ । महिलाको सहभागीता हेर्दा देखाउनको लागि मात्र लेखिएको हो की भन्ने लाग्छ । दिन प्रति दिनको बढ्दो घरेलु हिंसा, बलत्कार, सडक दुरव्यवहार, महिला बेचबिखनले समाजलाई आक्रान्त बनाएको छ । घरबाट बाहिर निस्केपछी सकुसल घर फर्किने हो की होइन भन्ने चिन्ताले यहाका नारीहरुलाई सताई रहेको हुन्छ ।
राजनीतिक, सामाजिक र सास्कृतिक हरेक क्षेत्रमा महिला प्रति गरिने व्यवहार यस्तै हो । नेपालको परिबेशमा कुनै पनि क्षेत्र त्यस्तो नहोला जहा महिलाको सम्मान गरिन्छ । महिलाको कदर गरिन्छ । महिलाको आदर गरिन्छ । वालिकादेखी वृद्धासम्मलाई पुरुषले हेर्ने नजर खराव हुन्छ । यस्तो समस्या भोग्ने, देख्ने र सुन्ने जो कोही को मन, कति नरोला र ?
अहिलेको सन्र्दभमा महिलाको सवाल जस्तो एकल महिला, दाइजो प्रथा, यौन दुरव्यबहार, सडक दुरब्यवहार, छाउपडी प्रथालाई प्रमुख मुद्धाको विषय बनाई सडकदेखि सदनसम्म छलफल र बहस भइरहेको हुन्छन् । यि छलफल र बहसलाई नजिकवाट नियाल्दा, नेपालको संविधानमा लेखिएका कानुनहरुले महिला अधिकारकर्मी, राज्य र बहस कर्ताहरुलाई गिज्जाईरहेको, कुनै वक्तित्वकला प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको र कुनै विषयमा वोल्नकै लागि प्रतिस्पर्धा भइरहेको जस्तै देखिन्छ ।
यस्तै पाराले के नेपालमा महिलाको लागि बनेको कानुनको न्यायोचित रुपमा कार्यन्वयन हुन सक्ला त ? कसैले महिला हिंसाको बारेमा आवाज उठाइहाले भने पनि उसले लगाउने कपडासंग जोडेर उसको इजजतलाई छियाँ छिया पार्ने काम गरिन्छ ।
के महिला पुरुषको स्वार्थ पुर्तीको लागि बनेको साधन मात्र हुन ? सडक र सदनमा ठुलाठुला भाषण दिई महिलाको हक र अधिकारको सवालमा वोल्ने त्यही पुरुष जो महिला हिंसा गर्नबाट अछुत रहन सकेका हुदैन ।
उदाहरणको लागि स्व.निर्मला पन्थले अझै न्याय पाउन सकेकी छैनन् । उनि त प्रतिनिधि पात्र मात्र हुन उनि जस्ता हजारौ वलात्कृत नारीहरु जो पिडा सहेर ज्युन र मर्न विवस छन तिनिहरुको घटनाको बारेमा न्याय खोज्नु र पाउनु आकासको फल आखा तरि मर भने जस्तै हो ।
महिलाको सन्र्दभमा घरेलु हिंसा, यौन दुब्यवहार, छाउपडी, दाइजो प्रथा प्रत्येक्ष देखिने विषय हुन । अप्रत्येक्ष रुपमा घर , अफिस, भेला, सभा, र समारोह आदीमा पनि यस्ता घटनाहरु घटिरहेका हुन्छन । के ति विषयमा कहिल्यै कसैले आवाज उठाएका छन् ? कसैले आवाज उठाई हाल्यो भने पनि उसको चरित्र माथि औला उठाइन्छ, उसले लगाउने लुगाको कुरा गरिन्छ । कहि जागिर जाने पिर, कतै पारिवारिक इज्जतको चिन्ता र कतै सामाजिक इज्जतको डरले यस्ता घटनाहरु तै चुप मै चुप भएका हुन्छन् । के यो राम्रो सस्कार हो ?
घरमा श्रीमान्, जेठाजु, देवर, भेनाजुवाट, अफिसमा हाकिम र पुरुष कर्मचारीबाट, सभा समारोहमा बुझेका भनौदाहरुबाट प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा महिला हिंसा भइरहेको हुन्छ । यसरी हुने हिंसा आवाज विहिन भई ओझेल परेको छन् । नारीहरु पुरुषको हिंसा सहन जवर्जजस्त मजवुर छन ।
मायाको आभाष भित्र पवित्रताको त्याग खोज्छ भने जस्तै यहा महिलाहरुको माया, विश्वास, त्यागको कुनै अर्थ छैन । महिलाले गर्ने प्रत्येक कार्यलाई संकाको नजरले हेर्नु नेपाली समाजको सस्कार बनेको छ । गुमाउनु र पाउनु त समयको चक्र हो तर यहा नारीको जीवनमा त्यो चक्र कहिल्यै आउन पाएन । गर्भाधारणदेखि मृत्युसम्म पुरुष नभै नहुने सस्कार र कानुनले महिलाको जिवनलाई निअर्थक बनाइ दिएको छ । महिलालाई सवै अधिकारबाट वंचित गराउने समाजले मृत्युको गन्तव्यमा समेत किन पुरुष नै खोज्छ ?
तराईमा दाइजो कै लागि जल्नु पर्ने, सुदुरपश्चिममा सस्कारको नाममा छाउगोठ मै मर्नु पर्ने, बलातकृत भई मर्नु पर्ने, मानव भएर समेत पशु जस्तै बेचिनु पर्ने । यस्तो कहिलेसम्म ? मर्नेको आत्मा शान्ति, न्यायको लागि र बाच्नेहरुको स्वतन्त्रताको लागि नारीका आवाजहरुलाई वुलन्द पार्नु जरुरी छ । अवको वहस वहसका लागि मात्रै होइन शैक्षिकरुपमा सक्षमताको लागि हुनु प¥यो । आत्मनिर्भताको बाटो खोज्नको लागि हुनु पर्यो । कानुनको पुर्ण पालना गराउने तर्फ हुनु प¥यो । राज्यको हरेक तहमा संविधानले व्यवस्था गरेअनुरुप सहभागीताको सुनिश्चितता गराउने तर्फ हुनु पर्यो ।
महिलाको विषयमा विभिन्न संस्थाहरु माईती नेपाल, मानव अधिकार आयोग । शक्ति समूह महिला, प्रहरी सेलहरुले महिलाको उद्धार गर्ने र आवाज उठाउने कार्य गरिरहेका छन् । यस्ता सस्थाहरुलाई सवै नारीको साथ अपरिहार्य छ । न्याय प्राप्तिको लागि लड्न जरुरी छ । न्याय प्राप्तिको लागि नारीहरुलाई उत्साही गर्नु आवश्यक छ । साहारा विना बाच्न सकिदैन भन्नेहरुलाई जुन हेर कसरी लाखौ ताराहरु माझ एक्लै बसेको छ भनि देखाउनु छ । चमक बिनाको औसि हौला तर पुर्णिमा पनि आउदैछ भनेर समाज देखाउनु छ । महिलाहरुमाथी गरिएका हिंसा र समस्याको समाधान पक्कै हुनेछ जरुरी छ नारी एकताको, जरुरी छ शिक्षा प्राप्तिको, जरुरी छ आत्मनिर्भताको, जरुरी छ समाजिक रुपान्तरणको, जरुरी छ राजनीतिक चेतनाको ।