Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • १६:३४:३१ बजे
  • 1.0K
    SHARES
  • पछिल्लो २४ घन्टामा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ४ सय १ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ४४ पुरुष र १ सय ५९ महिला गरी ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    मन्त्रालयकाअनुसार थपिएका ४ सय ३ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । यीमध्ये ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

    काठमाडौं उपत्यकामा मात्रै १ सय ८५ जना संक्रमित भेटिएका छन् । थपिएकाहरुमा काठमाडौंका १ सय ४०, भक्तपुरका २४ र ललितपुरका २१ जना रहेका छन् ।

    पछिल्लो २४ घन्टामा ५ सय ९४ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५५ हजार ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।

    यस्तै, कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । थपिएका ७ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology