Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यी चार निश्चित सङ्केत भएका मानिसले कोभिडको परीक्षण गराउनु पर्छ

यी चार निश्चित सङ्केत भएका मानिसले कोभिडको परीक्षण गराउनु पर्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७७ सोमवार • १६:५२:०३ बजे
  • 2.4K
    SHARES
  • यी चार निश्चित सङ्केत भएका मानिसले कोभिडको परीक्षण गराउनु पर्छ

    कोरोना भाइरसको नयाँ उत्परिवर्तनले मानिसमा फेरि पनि डर थपिएको छ । ७० प्रतिशतभन्दा बढी सङ्क्रामक ठानिएको नयाँ प्रकार पहिलेको तुलनामा कम समयमा द्रुत गतिमा फैलिरहेको छ ।

    images

    सम्भवतः नयाँ प्रकारबाट सङ्क्रमित हुँदा एक व्यक्ति एसिम्प्टोमेटिक हुने वा के कस्तो लक्षण देखाउन सक्छ भन्ने धेरैले सोच्दै आएका छन् । विज्ञहरूका अनुसार यी चार निश्चित सङ्केत भएमा एक व्यक्तिले कोभिड परीक्षण गराउनुपर्छः

    १) कोभिडसम्बन्धी कुनै पनि लक्षण देखापरेका तुरुन्तै परिक्षण गराउनुपर्ने हुन्छ । दुई दिनभन्दा बढी ज्वरो आएमा, सुक्खा खोकी, नाक बन्द भएमा, नाकबाट सिङ्गान बगेमा, सास फेर्न समस्या भएमा, मांसपेशी दुख्ने वा तीव्र शरीरको दुखाई भएमा, टाउको तथा घाँटीको दुखाई, छालामा समस्या देखिएमा, गन्ध र स्वाद हराएमा, वाकवाकी, बान्ता, पखाला, थकान भएमा कोभिडको परीक्षण गराउनु पर्छ ।

    २) कोभिडको सङ्क्रमण पुष्टि भएको व्यक्तिसँग सम्पर्कमा आएको खण्डमा पनि कोभिडको परीक्षण गर्नुपर्ने हुन्छ । कन्ट्याक्ट ट्रेसिङ्गले सङ्क्रमण पत्ता लगाउन, जोखिममा रहेकालाई पहिचान गर्न, मद्दत गर्न सक्छ । सिडिसी दिशानिर्देशहरूले जोखिममा परेको व्यक्तिलाई परीक्षण गर्नुपर्ने सुझाव दिएको छ ।

    सङ्क्रमित व्यक्तिको नजिकको सम्पर्क रहेका, १५ मिनेटभन्दा बढी समयका लागि समय बिताउँदा भाइरस सर्ने जोखिम अत्याधिक रहने हुन्छ । यदि सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएमा, वा हालसालै भेटेका मानिस भाइरसको सङ्क्रमित भएको थाहा पाएमा पनि जोखिम रहन्छ ।

    ३) उच्च जोखिमका गतिविधिहरूमा भाग लिएको खण्डमा पनि कोभिड परीक्षण लिनुपर्छ । एक उच्च जोखिम गतिविधिमा भाग लिएपछि (जस्तै फुटबल हेर्न, विवाह, भोज वा जमघट, भिडभाडमा गएपछि) कोभिडको परीक्षण गराउन सकिन्छ । किनभने कोभिड इन्डोर सेटिङ्ग्समा द्रुत गतिमा फैलिने हुन्छ, जहाँ सामाजिक दूरी वा स्वच्छतालगायतका सावधानीका उपायको अभाव हुन्छ ।

    ४) सङ्क्रामक ठाउँमा यात्रा गरेको खण्डमा पनि कोभिडको परीक्षण गराउनु पर्छ । हालको समयमा बेलायतबाट अन्य देशमा यात्रा गरेका मानिस सङ्क्रमित भएको पाइएको छ । सङ्क्रमणको केन्द्रबिन्दु रहेको कुनै पनि शहर वा क्षेत्रमा यात्रा गर्दा सङ्क्रमण हुने जोखिम उच्च रहन्छ । जसकारण आफू मात्र नभइ अरूलाई पनि जोखिममा पार्न सकिन्छ । आफूलाई तथा आफ्ना नजिकका व्यक्तिलाई सुरक्षित राख्न कोभिडको परीक्षण गर्न र केही दिनको लागि आइसोलेशनमा बस्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology