Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली र्यापर आशिस राना लाउरेको कन्सर्टमा भागदौड ,२ युवतीको मृत्यु

नेपाली र्यापर आशिस राना लाउरेको कन्सर्टमा भागदौड ,२ युवतीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २०, २०७७ सोमवार • १९:३२:३५ बजे
  • 1.9K
    SHARES
  • नेपाली र्यापर आशिस राना लाउरेको कन्सर्टमा भागदौड ,२ युवतीको मृत्यु
    नेपाली गायक तथा र्यापर आशिस राना लाउरेको कन्सर्टमा भागदौड हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ।  भारतको  कालिम्पोङमा आइतबार राति आयोजित म्युजिकल कन्सर्टमा अचानक भागदौड मच्चिँदा दुई जना युवतीको मृत्यु भएको हो ।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार कालिम्पोङको मेला मैदानमा आयोजित कन्सर्टमा भएको भागदौडका क्रममा चार जना घाइते भएका छन् । 


    कालिम्पोङ जिल्लाका प्रहरी प्रमुख हरिकृष्ण पाईका अनुसार भागदौडमा ६ जना घाइते भएका थिए जसमा दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार भागदौडबाट ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बनिता गुरुङको मृत्यु भएको हो । उनीहरु दुवै कालिम्पोङको चन्द्रलोक क्षेत्रका बासिन्दा हुन् ।

    काठमाडौं र दार्जिलिङका कलाकारहरुको सहभागितामा सांगितिक कार्यक्रम आयोजना भएको थियो । टिकट काउन्टरमा बाक्लो भीड थियो । मानिसहरू कार्यक्रममा प्रवेश गर्ने हतारोमा थिए । त्यही क्रममा अचानक भागदौड मच्चिएको र महिलाहरुलाई भीडले कुल्चिएको कालिम्पोङ नगरपालिकाका अध्यक्ष रवि प्रधानले जानकारी दिए ।

    मृतकका परिवारले सांगितिक कार्यक्रम आयोजक विरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएको छ ।

  • सम्बन्धित विषय:

  • # आशिस राना लाउरे
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology