Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पल्सर स्पोर्टस् अवार्ड मनोनयमा सागको वर्चस्व

पल्सर स्पोर्टस् अवार्ड मनोनयमा सागको वर्चस्व

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • १५:३४:१६ बजे
  • 1.5K
    SHARES
  • पल्सर स्पोर्टस् अवार्ड मनोनयमा सागको वर्चस्व

    पल्सर स्पोर्ट्स अवार्ड २०७६ अन्तर्गत प्रमुख चार विधामा मनोनयमा परेका खेलाडीको सूची सार्वजनिक गरिएको छ । मङ्गलबार सार्वजनिक गरिएको विभिन्न ४ विधाको मनोनयनमा पर्नेमा सबै १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता छन् ।१७औं संस्करणको सो अवार्डका लागि वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ ।

    images

    वर्षका पुरुष खेलाडीको मनोनयमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोको कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् ।

    वर्षकी महिला खेलाडीको मनोनयमा करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी सिंह र ट्रायथलनकी सोनी गुरुङ छिन् ।

    वर्षका युवा खेलाडीको मनोनयनमा तेक्वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोका सिना लिम्बू र गल्फका सुवास तामाङ छन् ।

    वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की छन् ।नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड कार्यक्रम अर्को साता हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology