Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७७ मंगलवार • १८:५३:४९ बजे
  • 832
    SHARES
  • पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिए
    नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ५५१ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।


    हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९३ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology