Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि अन्तिम सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि अन्तिम सुनुवाइ सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७७ बुधवार • ०९:३९:५७ बजे
  • 1.5K
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि अन्तिम सुनुवाइ सुरु

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुन लागेको हो । सर्वोच्चले रिटमाथी आजबाट सुनुवाइ गर्ने भए पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकाले आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरू बताएका छन ।

    images

    यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

    दुई तिहाइ बहुमत नजिक रहेको प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने जिकीर गर्दै सर्वोच्चमा एक दर्जनभन्दा बढी रिट परेका छन । ती सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आदेश दिएका थिए ।

    गत पुस १० गते प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेका मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो ।

    अन्तिम सुनुवाई प्रारम्भ गर्नुअघि सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतसँग लिखित जवाफ मागेको थियो ।

    यो मुद्दामा सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन भैसकेको छ । सर्वोच्चलाई राय दिने एमिकस क्युरीमा पूर्णमान शाक्य, गीता संग्रौला, बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली रहेका छन् ।

    संसद विघटनसँगै नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा पनि विभाजित अवस्थामा पुगेकाले सर्वोच्चले के आदेश दिन्छ भन्ने विषयमा सर्वत्र चासो छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology