Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उदारवाद र लोकतन्त्र समानार्थी होईनन

उदारवाद र लोकतन्त्र समानार्थी होईनन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • ११:५०:०७ बजे
  • 5.4K
    SHARES
  • उदारवाद र लोकतन्त्र समानार्थी होईनन
    रामचन्द्र तिम्सिना 
       (आवाज)
    "उदारवाद" शब्द अंग्रेजी भाषा "Liberalism" को नेपाली अनुवाद हो। यस्को उत्पत्ति अंग्रेजी भाषाको शब्द "Liberty" बाट भएको थियो। त्यसकारण यो स्वतन्त्रतासंग सम्बन्धित छ। यस अर्थमा उदारवादको सिधा अर्थ "व्यक्ति स्वतन्त्रताको सिद्धान्त" भन्ने बुझाउँछ। 

    ‘Liberalism’ शब्द लेटिन भाषाको ‘Liberalis’ शब्दसंग पनि सम्बन्धित छ। यहाँ पनि यस शब्दको अर्थ स्वतन्त्रता नै भन्ने बुझाउँछ। उदारवादलाई परिभाषित गर्नु भन्दा पहले यो पनि जान्न जरूरी छ कि "उदारवाद अनुदारवादको उल्टो चाँहि होईन । किनकि यो अनुदारवादी कुनैपनि प्रकारको परिवर्तनलाई तीव्र विरोध गर्छ, जबकि उदारवादी ती परिवर्तनको समर्थक हो जसले मानवीय स्वतन्त्रताको पक्षपोषण गर्छ।" 

    उदारवादको बारेमा यो भन्न पनि गलत हुन्छ कि यो व्यक्तिवाद हो। १९ औं शताब्दीको अन्त सम्म उदारवाद र व्यक्तिवादमा खासै विशेष अन्तर थिएन तथा व्यक्तिको जीवनमा खुल्ला हस्तक्षेप नगर्ने सिद्धान्तलाई नै उदारवाद भनिन्थ्यो। तर आज व्यक्तिको अलवा समस्त मानव समाजको कल्याणमा जोड दिने कुरो नै उदारवादको प्रमुख सिद्धान्त हो। 

    यस कारण उदारवाद र लोकतन्त्र पनि समानार्थी होईनन किनकि उदारवादको मूल लक्ष्य स्वतन्त्रता हो भने लोकतन्त्रको समानता हो। सत्य त यो होकि उदारवादको सम्बन्ध सिधै स्वतन्त्रतासंग छ जो बहुआयामी पनि हो। 
    अर्थात् जसको सम्बन्ध जीवनको सबै क्षेत्रमा हुन्छ। 

    उदारवादको परिभाषा दिदै "मैकगवर्न"ले   भनेका थिए -’’राजनीतिक सिद्धान्तको रूपमा उदारवाद पृथक-पृथक तत्वको मिश्रण हो। त्यस मध्य एक लोकतन्त्र हो र अर्को दोस्रो व्यक्तिवाद हो।’’ 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology