Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताकमको अस्पताल शिल्यान्स कार्यक्रममा जातिय छुवाछुत

ताकमको अस्पताल शिल्यान्स कार्यक्रममा जातिय छुवाछुत

बादल शाही

बादल शाही

पौष २४, २०७७ शुक्रवार • ०७:३०:०३ बजे
  • 12.6K
    SHARES
  • ताकमको अस्पताल शिल्यान्स कार्यक्रममा जातिय छुवाछुत

    बादल शाही /धौलागिरी गाउपालिका ७ ताकम म्याग्दीमा जातीय छुवाछूतको घटना घटेको छ ।सरकारले ल्याएको अस्पताल प्याकेज अनुसार ताकममा अस्पतालको शिलान्यास कार्यक्रममा जातीय छुवाछूतको घटना घटेको हो । जिल्लाका प्रतिष्ठित नेता, कार्यकर्ता तथा स्थानीयहरुको  उपस्थिति रहेको आम भेला सार्वजनिक भेलामा नै जातीय छुवाछूत गरिएको हो ।
    received_126049272601717.jpeg
    एकीकृत घना वस्ती र सबै जातजाति रहेको उक्त ताकममा अस्पतालको शिलान्यास कार्यक्रम गाउँका दलित तथा गैर दलित सबैको साझा उपस्थितिमा सम्पन्न भएको थियो । भोजभतेर, बाजागाजा र नाचगानका साथ सम्पन्न उक्त कार्यक्रममा दलित तथा गैर दलितहरुको लागि छुट्टाछुट्टै भतेर सन्चालन भएको र अलगअलग खान परेपछि छुवाछूतको पराकाष्ठा प्रत्यक्ष भोग्न परेको कुरा स्थानीय कुशल रसाइलीले आफ्नो गुनासो सामाजिक सन्जालमा लेखेका छन् ।
    received_406842557404170.jpeg

    जिल्लाका प्रतिष्ठित नेता तथा साँसदहरु भुपेन्द्र थापा, समन्वय समितिका प्रमुख  देवेन्द्र कटुवाल, गाउँ पालिका उपाध्यक्ष रेशम छन्त्याल लगायतका नेताहरुको उपस्थिति रहेको कार्यक्रममा जातीय छुवाछूतको यस्तो घटना घट्नु लज्जास्पद घटना हो । एक्काइसौं सताब्दिको यो युगमा पनि छुवाछूत जन्य घटनाहरु दिनानुदिन बढ्नु मान्छेमा चेतनाको अभाव नै हो । राज्यले आतीय छुवाछूत जन्य व्यवहार गर्नेलाई सजायको ब्यवस्था त गरेको छ नै, तर सर्वमान्य हुने गरि यसरी गरिने छुवाछूतमा राज्यले कस्तो ब्यबस्था गरेको छ ? यो भने गम्भीर र सोंचनीय विषय बनेको छ ।received_932786987253288.jpeg

    बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology