Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

घरमा आगलागी हुँदा र पाँच लाख बराबरको क्षति

घरमा आगलागी हुँदा र पाँच लाख बराबरको क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७७ शुक्रवार • १०:५४:४६ बजे
  • 1.4K
    SHARES
  • घरमा आगलागी हुँदा र पाँच लाख बराबरको क्षति

    हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को याङ्चुको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । बिहीबार याङ्चु गाउँका तुला सुनारको घरमा आगलागी भएको हो । आगलागीको कारण थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आगलागीबाट सुनारको एकतले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको छ । आगलागी भएको सोही घरमा किराना पसल रहेको हुँदा पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

    images

    खार्पुनाथ प्रहरी चौकीका पाँच जनाको टोली र स्थानीयवासीले आगो निभाएको प्रहरी जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भएको छ भने अन्य मानवीय र पशुचौपायको कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । हुम्लामा पछिल्लो समय आगलागीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology