Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लुटपाटको आरोपमा ३ महिलासहित ४ जना पक्राउ

लुटपाटको आरोपमा ३ महिलासहित ४ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७७ शुक्रवार • १०:५६:२९ बजे
  • 1.8K
    SHARES
  • लुटपाटको आरोपमा  ३ महिलासहित ४ जना पक्राउ

    लुटपाटको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले तीन महिलासहित ४ जनालाई पक्राउ गरेको छ।ललितपुरको च्यासलमा एक महिलालाई लुटेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा उदयपुर घर भई ललितपुर च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङ डुम्रेसी घर भई लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुर भारदेउकी ३० वर्षीया सुस्मिता डिम्डो र ललितपुर नल्लु घर भई चापागाउँ बस्ने २९ वर्षीया लबिन लामा बल तामाङ्ग रहेका छन्।

    images

    उनीहरुले गत पुस १३ गते दिउँसो साढे २ बजे नुवाकोट घर भई च्यासल बस्ने ५७ वर्षीया धनकुमारी ठकुरीलाई लुटेको प्रहरीले जनाएको छ।ठकुरीले उक्त समूहले आफूसँग २ थान सि माला, १ थान पहेंलो पत्थर, १ थान टल्कने धातु र पुराना सिक्का १४ थान लुटेको प्रहरीमा निवेदन दिएकी थिइन्।

    त्यसपछि उनीहरुलाई उक्त सामग्रीसहित ललितपुरकाे च्यासलबाट पुस २३ गते साँझ साढे ५ बजे पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए।प्रहरी नियन्त्रणमा रहेको उक्त समूहमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # लुटपाट
  • # पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology