नुवाकोट /नुवाकोटको विदुर - १३ साविक कल्याणपुरका युवाहरूको शैक्षिक कोष तथा संकलन केन्द्रले "जेष्ठ नागरिक लाई सम्मान न्यानो बाड्ने हाम्रो अभियान " अन्तर्गत निम्न आर्थिक अबस्था भएका जेष्ठ नागरिक र अपांगता भएका ब्यक्तिहरुलाई न्यानो माया ज्याकेट वितरण गरेका छन् । दुई चरण गरी पुस १९ गते आज पुस २४ गते गरी २७ जना अपांग सहित ११७ जना जेष्ठ नागरिकलाई न्यानो माया ज्याकेट केहि बाकी युवाहरू मार्फत घर घर गयर वितरण गरिने अभियन्ता रोहित गुरुङले बताए ।

बहराइनमा कार्यरत रोहित गुरुङले सामाजिक संजालमा अभियान चलाई आर्थिक सहयोग संकलन गरेका थिए । अभियानलाई मोबाइल पब्जि पारखी माईलो प्ले परिवार र लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धले सहयोग गरेका थिए । स्थानीय युवा तथा केन्द्र टिम र मोबाइल पब्जि पारखी माईलो प्ले परिवार र लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्ध लगायत सहयोग मनहरुप्रति अभियन्ता गुरुङले हार्दिक आभर ब्यक्त गरे ।
यस अघि गुरुङको पहलमा कोरोना कहरमा ३०० धुरी निम्न आर्थिक तथा काम गरी खाने परिवारलाई खाद्यान्न लगेको सहयोग , १५० जना निम्न आर्थिक परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका थिए । गुरुङले नेपाल तथा विभिन्न देशहरूमा कार्यरत युवाहरू लाई समेटेर सहयोग जुटाएर आगामी दिनमा पनि विभिन्न अभियान सन्चालन गर्ने जानकारी गराए।