Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झापामा दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

झापामा दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७७ शनिवार • ११:०३:३९ बजे
  • 2.0K
    SHARES
  • झापामा दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

     पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् ।कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् । छ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि शुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ–१९ का कारण डेढ महिना प्रभावित भएको थियो ।

    images

    सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले शुक्रबारदेखि गाउँपालिकामा पनि परिचयपत्र वितरण शुरु गरेको बताए । चार लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर शुरु गरेको झापामा आधाभन्दा बढीले लिइसकेको उनले बताए । उनका अनुसार अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, विर्तामोडमा ३४ हजार ४७१ कन्काइमा २६ हजार ३४८ ले परिचयपत्र लिइसकेका छन् ।

    ‘कोरोना महामारीका कारण असर पुग्यो, नत्र सबै पालिकामा यतिबेला परिचयपत्र वितरण गरिसकिन्थ्यो’, सहायक प्रजिअ पाण्डेले भने, ‘पालिकाका वडामा दैनिक छदेखि आठ वटा टोलीले काम गरिरहेको छ चाँडै सकिन्छ ।’ छुटेका व्यक्तिले चन्द्रगढीमा रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनको कार्यालयबाट लिन सकिने उनले जानकारी दिए । झापापछि टोली मोरङ जाने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # परिचयपत्र
  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology