म्याग्दीमा लगातारको भारी वर्षासंगैँ पहिरो जादा थप दुई सहित बाइस जना बेपत्ता भएका छन । पहिरोले पाँच घर र एक बेलिब्रिज समेत बगाएको छ ।पहिरोमा परी धवलागिरी गाउपालिका–६ मराङको रिखामा ११ पुग्ने अनुमान गरिएको छ । मालिका गाउपालिकामा ८ जना सहित अन्य स्थानमा गरि अहिलेसम्ममा २२ जना बेपत्ता भएका छन ।घण्टीवाङबाट खसेको पहिरोले रिखामा दुई परिवार भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएको छ । भिमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन ।म्याग्दी धवलागिरी गाउँपालिका-६ मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । बाढीले बिरबहादुर पुन र परदेवी पुनको घर बगाएको छ । बाढीले घर बगाउँदा मानवीय क्षति भने भएको छैन । बाढीले घर बगाउँदा भाग्ने क्रममा एक जना सामान्य घाइते भएका छन ।म्याग्दीको मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले घर बगाउदा ८ जना वेपत्ता भएका छन ।
पहिरोले सोमनाथ पौडेलको घर बगाउदा दुई जना वेपत्ता भएको हो । पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पुर्याएको छ ।त्यसैगरी बिमकै दुले, नौमाने र भारवाङ लगायतका क्षेत्रमा २५ घर समेत पहिरोको जोखिममा रहेको वडा अध्यक्ष रेशम जुग्जालीले बताएका छन ।म्याग्दीको बेनी नगरपालिका- ९ गलेश्वोर स्थित रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको छ ।