सराङकोट र हेम्जामा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।१० जना मध्ये ५ जनाको मृत्यु भएको छ ।
उनीहरुलाई मणिपाल अस्पताल लगिएको छ । हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ । पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको छ ।