Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दी पहिरो अपडेट : ३२ जना बेपत्ता

म्याग्दी पहिरो अपडेट : ३२ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७७ शुक्रवार • १०:५३:०७ बजे
  • 3.0K
    SHARES
  • म्याग्दी पहिरो अपडेट : ३२ जना बेपत्ता

    म्याग्दी पहिरो अपडेट : 

    म्याग्दीका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरि, मालिका र मंगला गाउँपालिमा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ । धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए ।

    images

    2.jpg

    धाैलागिरिकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर आएकाे छ,त्यहाँका जनप्रतिनिधिबाट । मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेकाे  डिएसपी कुँवरले भने, ‘मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेकाे खबर आएकाे छ ।’

    1.jpg

    ठाउँ-ठाउँमा पहिराे खसेर बाटाे छेकेका कारण उद्दारमा जानसमेत अबराेध भएकाे उनले जानकारी दिए । उनकाअनुसार दरबाङ र सिमचाैर भन्ने ठाउँमा एउटा टाेली राेकिएकाे छ । बागलुङबाट बिपत् ब्यवस्थापन टाेली, सशत्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेका छन् तर पहिराे छिचाेल्न समस्या परेकाे छ । पहिरोले सोमनाथ पौडेलको घर बगाउदा दुई जना वेपत्ता भएको हो । पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पुर्याएको छ ।त्यसैगरी बिमकै दुले, नौमाने र भारवाङ लगायतका क्षेत्रमा २५ घर समेत पहिरोको जोखिममा रहेको वडा अध्यक्ष रेशम जुग्जालीले बताएका छन ।म्याग्दीको बेनी नगरपालिका- ९ गलेश्वोर स्थित रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको छ । 

    44.jpg

    म्याग्दी पहिरो अपडेट :करिब २२ जना बेपत्ता ,वडा कार्यालय भवन बगायो

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology