Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा स्थायी घर भएका लण्डनमा बस्दै आएका गायक बद्री केसी रुखमा झुण्डिको अवस्था भेटिए

पोखरा स्थायी घर भएका लण्डनमा बस्दै आएका गायक बद्री केसी रुखमा झुण्डिको अवस्था भेटिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २६, २०७७ आइतवार • ११:१८:३२ बजे
  • 3.8K
    SHARES
  • पोखरा स्थायी घर भएका लण्डनमा बस्दै आएका गायक बद्री केसी रुखमा झुण्डिको अवस्था भेटिए
    करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो ।

    पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्कनुभएका केसी पुनः बेलायत फर्किनुभएको थियो । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आउनुभएका केसी लण्डनको चिरपरिचित गायक हुनुहुन्थ्यो । उहाँ पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्नुहुन्थ्यो भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आउनुभएको थियो । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology