Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वगोलकिपर लोकबहादुर शाही

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २७, २०७७ सोमवार • ०९:१७:४२ बजे
  • 1.2K
    SHARES
  • नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर शाहीको निधन
    नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ।

    शाहीको दैलेखमा आइतबार राति निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारलाई उद्धृत गर्दै जानकारी दिए।

    उनको दैलेखमा आइतबार दाहसंस्कार गरिनेछ। शाही एक साताअघि आफ्नो जन्मथलो दैलेख गएका थिए। विभिन्न स्वास्थ्य समस्याले ग्रसित शाही पछिल्लो  समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

    सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्छन्।

    नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा उनी टिमका सदस्य थिए। 

    राष्ट्रिय टिमबाट संन्यासपछि शाहीले एन्फाको विभिन्न पदमा रहेर काम गरेका थिए। त्यसक्रममा उनी सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव पनि बने। 

    नेपाल आइस हकी संघका संस्थापक अध्यक्ष शाही पछिल्लो समय खेलकुद गतिविधिमा निक्रिय थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology