Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशैभरि पहिरोमा परेर २१ जनाको मृत्यु,३५ जना बेपत्ता

देशैभरि पहिरोमा परेर २१ जनाको मृत्यु,३५ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७७ शुक्रवार • १५:५८:५७ बजे
  • 1.5K
    SHARES
  • देशैभरि  पहिरोमा परेर २१ जनाको मृत्यु,३५ जना बेपत्ता

    देशका विभिन्न ठाउँमा म्याग्दी, कास्की, लमजुङ र पूर्वीरुकुममा २१ जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा जिल्लामा ३५ जना जना वेपत्ता भएका छन् । म्याग्दीमा पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका-६ मराङको रिखामा पहिरोले १० घर बगाउँदा ९ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । पहिरोका कारण रिखा गाउँ जोखिममा परेको छ । त्यस्तै वडा नं-७ मा पनि पहिरोले ठूलो क्षति पुर्याएको उनले बताएकी छन् । त्यहाँ १३ जना वेपत्ता भएका छन् । म्याग्दीकै मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा १० जना वेपत्ता भएका म्याग्दीका डिएसपी किरणजंग कुँवरले जानकारी दिए । सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीको सहयोगमा स्थानीयले उद्दारमा जुटेका छन् ।

    images

    कास्कीका विभिन्न ठाउँमा गएको पहिरोमा परेर ७ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । कास्कीका डिएसपी सुभाष हमालले घरधनी थापासहित उनकी श्रीमती ४५ वर्षीया सोममाया, नाति सुवान, दमौली घर भएका ८ वर्षीय शीतल श्रेष्ठ र छिमेकी इसिका थापाको ज्यान गएको जानकारी दिए ।

    पोखरा महानगरपालिका हेम्जामा पनि घर भत्किएर स्थानीय हिमकला अधिकारीको मृत्यु भएको छ । पोखरा-२६ मा दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ  पहिरोमा परेर लमजुङमा एकैघरका तीनजनाको मृत्यु भएको छ । बेसिशहर नगरपालिका-७ सातबिसेमा पहिरोमा परेर दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । त्यस्तै लमजुङको क्व्होलासोथारका तुलबहादुर गुरुङको घर पहिरोले बगाउँदा दुईजना घाइते भएका छन् । पहिरोमा परेर रुकुमपूर्वमा दुईजनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका-३ रेजेखोला भन्ने ठाउँका तुलबहादुर दमाइको घर पहिरोले बगाउँदा उनकी श्रीमती २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविलको मृत्यु भएको छ । ८ वर्षीया छोरी हिरा घाइते भएकी छन् । पहिरोले घर बगाउँदा जाजरकोटमा १२ जना वेपत्ता भएका छन् । बारेकोट गाउँपालिका-४ सार्की टोलमा पहिरो जाँदा दुई परिवारका १२ जना वेपत्ता भएका हुन् । पहिरोमा स्थानीय गोपाल सार्की र कालु सार्कीका परिवारका सदस्यहरु बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    म्याग्दी पहिरो अपडेट : ३२ जना बेपत्ता

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology