Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर आज पृथ्वी जयन्ती मनाइँदै

देशभर आज पृथ्वी जयन्ती मनाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • ०९:५१:५६ बजे
  • 1.4K
    SHARES
  • देशभर आज पृथ्वी जयन्ती मनाइँदै

    गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि सं १७७९ पुस २७ गते जन्मिएका नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर देशभर आज पृथ्वी जयन्ती मनाइँदैछ ।

    images

    बाइसे९चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका शााहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेका थिए । उनलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पुस २७ गते अर्थात आजकै दिन गोर्खामा जन्मेका शाहले आफ्नो शासनकालमा भुरे टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

    यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ ।

    यसवर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाईदै छ । पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारमाथि दबाब बढिरहेको छ । नागरिकस्तरबाट एकता दिवस मनाउन दबाब बढ्दै गए पनि लोकतन्त्रमा विश्वाश गर्ने सरकारले भने जनआकांक्षा सम्बोधन गर्न सकेको छैन ।

    लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि आज विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाइँदैछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology