Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कारागारलाई ८०८ थान पुस्तक हस्तान्तरण

कारागारलाई ८०८ थान पुस्तक हस्तान्तरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • १३:२५:४० बजे
  • 2.7K
    SHARES
  • कारागारलाई ८०८ थान पुस्तक हस्तान्तरण

    टिम नेपो चितवनको सहयोग र रोटरी क्लब अफ चितवन, लियो क्लब अफ भरतपुर युथको सक्रियतामा कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । सोमबार यहाँ एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तक कार्यालयको पुस्तकालयलाई हस्तान्तरण गरिएको हो ।

    images

    टिम नेपोका संस्थापक निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई ८ सय ८ थान पुस्तक हस्तान्तरण गरे । नेपोको पुस्तक परियोजनाअन्तर्गत देशभर कारागारमा रहेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको हो ।

    कारागारलाई सुधार गृहसँगै सिकाइको थलो बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ । कार्यक्रममा वक्ताले कारागारलाई सिकाइको थलो बनाउन आवश्यक रहेकामा जोड दिए । नेपो प्रतिनिधि माधवी गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका प्रमुख काफ्ले, नेपाल चिकित्सक संघका पूर्व केन्द्रीय सदस्य प्रा डा कृष्णप्रसाद पौडेल, रोशन पियालगायतले बोल्नुभएको थियो । सो कारागारमा हाल दुई आश्रित बालिकासहित ६ सय ९१ कैदीबन्दी छन् जसमा ५५ महिला छन् ।

    कारागार भेटघाटका लागि खुला
    कोराना कहरका कारण बन्द कैदीबन्दी भेटघाट सुरु गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञासँगै गत चैत ७ गतेदेखि बन्द भेटघाटलाई यही पुस २६ गते देखि खोलिएको कार्यालयका प्रमुख काफ्लेले जानकारी दिए ।

    कैदीबन्दी भेट्नका लागि बिहान साढे १० बजेदेखि ४ बजेसम्मका लागि समय छुट्याइएको उनले जानकारी दिए । भेटघाटमा आउनेले अनिवार्य मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गरिनुपर्नेलगायत सावधानी अपनाउनुपर्ने छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology